काठमाडौं – गीतकार तथा प्रशासनविद डा. दामोदर रेग्मीकोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आनि छोइड्ग डोल्माको स्वर रहेको ‘जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो’ बोलको गीत सार्वजनिक भएको हो ।
गायिका आनि छोइड्ग डोल्माले यस गीतका शव्दहरु अति मर्मस्पर्सी र यथार्थपरक रहेका र मेलोडी अति सुन्दर रहेको छ बताइन् । उनले भनीन् ‘यो गीतमा आम मानिसको जीवनको भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा निकै मिठो सुन्दर रचना रहेको छ ।’
अभिनेत्री मिथिला शर्माले गीतका हरेक शव्दले छोएको र गीतमा आफ्नै भाव अनुभुति रहेको बताइन् । भिडियोमा शर्माले शिक्षिका र समाजसेवीको भूमिका निर्वाह गरेकी छन् ।
गीतकार डा. दामोदर रेग्मीको एउटा सुन्दर संयोजन सहितको सकारात्मक सोच रहेको र आनि छोइड्ग डोल्मा संग र र मिथिला शर्मासंगको सहकार्यले भिडियो जीवन्त बनेको बताए ।
गीतमा संगीत कीर्ति न्यौपाने भिडियोको निर्देशन भने कृष्णदेव रुपाखेतीको रहेको छ ।
भिडियो –