चन्द्रागिरीमा मोटरसाइकल ¥याली सहित नेपाल संवतको नया वर्ष ११४५ मनाइदै

कात्तिक ८, काठमाडौं  – आगामी १७ गते नेपाल संवत्को नयाँ वर्ष ११४५ चन्द्रागिरीमा बिशेष कार्यक्रमका बीच मनाइने भएको छ । चन्द्रागिरी नगरपालिका वडा १० स्थित ‘नेपाल भाषा कला संस्कृति र संरक्षण तथा प्रवबद्धर्न समिति’ले मोटरसाइकल ¥याली र बिभिन्न सास्कृतिक कार्यक्रमका साथ मनाउने तयारी गरेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यिमा नेपाल संबत्को बर्ष परिवर्तन हुने दिनलाई बिशेष रुपमा मनाउन लागिएको समितिका अध्यक्ष धर्मराज राजबाहकले बताए । उनका अनुशार मोटरसाइकल ¥याली ल्होखा, संतुंगल, किसिपिडी, बालागाँउ, थानकोट मच्छेगाँउ देखि बोसीगाउँसम्म हुनेछ ।

चन्दागिरी वडा १० का अध्यक्ष शिबकुमार महर्जनले यस पर्वलाई दिपावली छठ पर्वको शुभकामना आदानप्रदान गर्दै गाउटोल देखि स्थानीयबासीलाई सहभागि गराउदै संस्कृति आदान प्रदान गर्ने बताए । वडामा १५ बर्षपश्चात ¥याली सहित कार्यक्रम आयोजना गर्न लागेको उनले बताए । उनले भने ‘नेपाल संवत्् ११२० पश्चात अहिले ११४५ लाई भब्यताका साथ मनाउने तयारीमा छौं, यसलाई भब्य र सभ्य बनाउन लागिपरेका छौं । ’समितिका सल्लाहकार तथा बरिष्ठ अधिवत्ता हेरा कृष्ण महर्जनले कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि स्वयमसेवी, टाफ्रिक प्रहरी देखि स्थानीयबासी परिचालन गरिने बताए ।

यस संवत्लाइ नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।