धितो पत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता स्थगित

असोज १८, काठमाडौं  – नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संकक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुती अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।

Leave a Reply

Your email address will not be published.