स्थलगत ‘रिपोर्ट’ सबैको सहयोगले बाढीपीडितको पीडामा मलहम

असोज १७, रौतहट -अविरल वर्षाका कारण देशभर बाढीपहिरो र डुबानले समस्या भयो । त्यसको असर रौतहटमा पनि प¥यो । यहाँ सयौँ नागरिक विस्थापित भए । कैयौँको घरमा रहेका खाद्य सामग्री कामै नलाग्ने गरी डुबानमा पर्दा हातमुख जोर्नसमेत निकै समस्या भएको छ ।

यसरी विपद्को पीडामा रहेकाहरूको सहयोगका लागि हाल यहाँस्थित सबै सरोकारवालाहरूले सहयोगी हात अगाडि बढाउँदा केही भए पनि राहत मिलेको छ । तीन तहका सरकार, जिल्लास्थित राजनीतिक दल, उद्योगी–व्यावसायी एवं नागरिक समाजको सहयोग र सहकार्यमा बाढी प्रभावित रौतहटवासीलाई राहत सहयोग उपलब्ध गराउने काम तीव्र रूपमा भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका राष्ट्रसेवक कर्मचारीले प्राप्त जिम्मेवारीअनुसार राहत सामग्री सहयोग, उद्धार तथा शान्ति सुरक्षाको काममा अहोरात्र खटिएको भनी जिल्लामा सर्वत्र प्रशंसा भएको छ । यसैगरी अविरल वर्षाका कारण डुबानमा परी भत्किएका सडक निर्माण तथा मर्मतसम्भार, ढल, सिँचाइ–कुलो र खानेपानी व्यवस्थापन तथा झाडापखला, हैजाजस्ता रोगबाट जनतालाई जोगाउन सम्बद्ध सरकारी निकायका बीच समन्वयात्मक ढङ्गबाट काम भइरहेको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी बताउछन् ।

जिल्लास्थित प्रमुख राजनीतिक दल तथा तिनका भ्रातृ सङ्घसस्थाका तर्फबाट सरकारी संयन्त्रको सहयोगमा प्रारम्भिक क्षतिको विवरण सङ्कलन, राहत सहयोग, उद्धार तथा चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का केन्द्रीय सदस्य एवं रौतहट इन्चार्ज अजय गुप्ता बताउछन् ।

यसैगरी नेपाली कांग्रेसका नेता एवं जिल्ला सभापति कृष्णकुमार यादव बाढी प्रभावित स्थानीय जनताको सुखदुःखमा साथ दिन पार्टीले निर्देशन दिएबमोजिम आआफ्नो कार्यक्षेत्रमा कांग्रेसजन अहोरात्र खटिरहेको बताउछन् ।

नेपाल कम्युनिष्ट पार्टी (मोओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० र आम जनता पार्टीका नेताहरूले पनि विद्यमान असहज परिस्थितिमा विचारभन्दा माथि उठी बाढी प्रभावित जनतालाई राहत सहयोग उपलब्ध गराउन आआफ्ना पार्टीपङ्क्तिलाई परिचालन गरिसकेको बताएका छन् । उनीहरुले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई दृष्टिगत गरी प्राथमिकताका साथ राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरिएको बताएका छन् ।

यसैगरी मधेस प्रदेश सरकारले बाढीपीडितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्राथमिकीकरणका आधारमा मातहतका जिल्ला तथा पालिकाका पीडितलाई सहयोग उपलब्ध गराउने जनाएको छ । स्थानीय पालिकाहरूले पनि बाढी प्रभावितलाई निःशुल्क रूपमा खानाको प्रबन्ध, दालचामलसहित खाद्यान्न, त्रिपालसहित चिकित्सक एवं स्वास्थ्यकर्मीको व्यवस्था गरेका छन् । जिल्लास्थित पालिका तथा वडाहरूको संयोजन तथा सहयोगमा बाढीपीडित जनतालाई अनुकरणीय साथ सहयोग प्राप्त भइरहेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य रेवन्त झा बताउछन् ।

कटहरिया नगरपालिका प्रमुख जयप्रकाश जयसवालले प्रभावित परिवारका घरघरमा गई धनमाल, पशुचौपाया, धानबालीमा भएका क्षतिको विवरण सङ्कलन गरी राहत सहयोग उपलब्ध गराउन जुटिरहेको बताउनुभयो । नगरपालिकाको वडा नं १ भसेडवामा बाढी प्रभावित करिब एक सय ५०, वडा नं २ को जमुनिया छेदीचोक टोलमा ६१ र वडा नं ४ मा दुई सय ५० परिवारलाई कटहरिया नगरपालिकाले दालचामल, त्रिपाललगायत राहत सामग्री उपलब्ध गराएको नगरप्रमुख जयसवालले जानकारी दिए ।

यसैगरी बाराको पचरौता नगरपालिका प्रमुख जलन्धर सिंह ९कुर्मी०, एमाले मधेस प्रदेश कमिटी सदस्य एवं रौतहटका पूर्वसांसद् बबन सिंह र एमाले जिल्ला उपाध्यक्ष रुपेश पटेलको सहयोगमा पचरौता नगरपालिकाका उपप्रमुख, वडाध्यक्षसहित चिकित्सक एवं स्वास्थ्यकर्मी सम्मिलित टोलीले स्थानीय पालिका तथा वडा कार्यालयको सहकार्यमा बाढी प्रभावित राजदेवी नपा वडा नं ८ को लक्ष्मीपुर, दुर्गा भगवती गापा वडा नं ५ को बडहर्वा र परोहा नपा वडा नं ३ को तेजापाकड टोलका जनतालाई निःशुल्क खाना तथा स्वास्थ्य सेवा उपलब्ध गराएका छन् ।

रौतहटमा अविरल वर्षाबाट दुई जनाको मृत्यु हुनुका साथै करिब दुई हजार परिवार प्रभावित भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

विशेषगरी वाग्मती नदीलगायत अन्य खोलानाला प्रभावित क्षेत्रमध्ये गढीमाई नगरपालिकाको धरमपुर र समनपुर, कटहरिया नपाको जमुनिया र छेदीचौर, गौर नपाको सब्गाढाको लच्कालग, इस्नाथ नपाको बैरियालगायत क्षेत्र बाढीबाट बढी प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लास्थित सरकारी निकायका अतिरिक्त सर्वदलीय एवं सर्वपक्षीय संयन्त्र बाढी तथा डुबानबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलनसहित राहत सामग्री सङ्कलन तथा सहयोग र उद्धारमा जुटिरहेका छन् ।

उनी भन्छन्, “प्राकृतिक विपद्को दुःखद् घडीमा बाढीपीडित परिवारले राहत सहयोगको अपेक्षा गरिनु स्वाभाविक हो । स्रोतसाधन तथा आवश्यकतालाई दृष्टिगत गरी पीडित परिवारलाई यथाशक्य छिटो सहयोग उपलब्ध गराइनेछ । उदारतापूर्वक सक्दो सहयोग गरी बाढीपीडित परिवारजनका पक्षमा ऐक्यबद्धता जनाउन सबैसँग अनुरोध गर्दछु ।”

Leave a Reply

Your email address will not be published.