चलचित्र ‘बेहुली फ्रम मेघौली’ को एडभान्स बुकिङ खुल्ला

 

असोज , काठमाडौं – बडादशैँको पहिलो दिन अर्थात यही असोज १७ गते बिहीवार घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ का लागि सिनेमा हलहरुले एडभान्स बुकिङ खुल्ला गरेका छन् । सोमबारदेखि खुल्ला गरिएको एड्भान्स बुकिङले निश्चिल बस्नेत तथा स्वस्तिमा खड्काद्वारा निर्मित फिल्मलाई बम्बर ओपनिङ दिने सम्भावना बढेको छ ।

देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरिका आफ्नो सिनेमा हलहरुमा यो फिल्मलाई ७३ शो उपलब्ध गराएको छ, जसमा काठमाडौं उपत्यकामा ३२ तथा मोफसलमा ४१ शो बुकिङ खोलेको छ । आइएनआई सिनेमाजले आफ्नो चेनमा रहेका काठमाडौंका दुई हल तथा बुटवलमा गरि १४ शो दिएको छ भने वान सिनेमाजले नयाँ वानेश्वर र कालीमाटीमा गरी ९ शो दिएको छ । बिग मुभिजले ६ शो तथा एफक्युबले ७ शो दिएका छन् । केही हलहरुमा एड्भान्स बुकिङ खुल्ला हुन बाँकी नै छ । सम्भवतः पहिलो दिनका लागि यो फिल्मले दुई सय बढी शो पाउने छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बनेको यो फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ ।

 

Leave a Reply

Your email address will not be published.