फिल्म बनाउँदै संगीतकर्मी टंक बुढाथोकी

असोज १४, काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो लोकप्रिय गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् ।

बुढाथोकीले आइतवार फिल्मको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।

‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लाई संगीतकर्मी टंक बुढाथोकीले नै निर्माण तथा निर्देशन गर्दैछन् ।

लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यो फिल्ममा बिनय अधिकारी सह–निर्माता रहने छन् ।

सामाजिक कथामा बन्ने यो फिल्मबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीले डेब्यु गर्दैछन् । यही फिल्मबाट रमेश बिकले अभिनेताको रुपमा डेब्यू गर्ने निश्चित भएको छ । निर्देशक बुढाथोकीले यो फिल्मका लागि बिकलाई अनुबन्धित गरेको जनाकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.