माओवादी केन्द्रका अध्यक्षद्वारा सर्वदलीय बैठक आह्वान

असोज १३, काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्।

अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गर्नुभएको उनको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुनेछ ।

Leave a Reply

Your email address will not be published.