परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

असोज १०, वाशिङ्गटन डिसी – संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published.