चोरीको ४ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ४ जना पक्राउ

भदौ ३१, काठमाडौ – धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवाखोलास्थितबाट चोरीको चारवटा मोटरसाईकल सहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकुटा साँगुरीगढी-३ का २३ बर्षीय सबिन याख्खा, ३४ बर्षीय सन्त कुमार श्रेष्ठ, २४ बर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ बर्षीय आयुस बिश्वकर्मा रहेका छन । भाद्र ३० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरीचौकी मुलघाटधनकुटाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाईकल चोरीमा संलग्न रहेका उनिहरुलाई बिभिन्न मितिमा चोरी भएको को.२६प८३७३,बा.६७प२४१७नम्बरको पल्सर मोटरसाईकल र को.२८प७४७१,को.१७प९७१८नम्बरकोस्कुटर सहित पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल र स्कुटर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.