आईसीसी विश्वकप लिग २ मा आज नेपाल र क्यानडा खेल्दै

भदौं ३१, काठमाडौं – आजदेखि क्यानडामा सुरु हुन गइरहेको आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दै छ । त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलामा नेपालसहित क्यानडा र ओमानबीच हुने त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलाको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो ।

नेपाल र क्यानाडाको खेल किङ सीटीमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल पर्सी असोज २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।

 

Leave a Reply

Your email address will not be published.