पारालिम्पिकमा पदक बिजेता पलेशालाई भव्य स्वागत

 

भदौं १९, काठमाडौं  -पेरिस पारालिम्पिकअन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को टोलीले उनलाई बाजागाजासहित त्रिभुवन विमानस्थलमा स्वागत गरेको हो । त्यसपछि उनलाई नगर परिक्रमा गराइँदै छ ।

पलेशाले नेपाली खेलकुदको इतिहासमा नै पहिलो पारालिम्पिक्स मेडल जितेकी हुन । उनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीमुति तौल समूहमा पदक जितेकी हुन्।