चलचित्र ‘देवी’को अडियो गीत ‘सेलाइदेऊ खोलामा’ सार्वजनिक

भदौं १८, काठमाडौं – चलचित्र ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बोलको अडियो गीत सार्वजनिक गरिएको छ । सुशान्त गौतमको सङ्गीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना रहेको गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि सुन्न सकिन्छ ।  ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रका निर्देशक सञ्जोग राई हुन् । चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको चलचित्रमा एक्सन रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।