बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं १’को निर्माण घोषणा

बाल मनोविज्ञानमा आधारित रहेर चलचित्र ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरूलाई पढाई रहेकी एक शिक्षिका देख्न सकिन्छ ।

चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको सङ्गीत रहनेछ ।