केन्द्रीय सदस्य भण्डारी भन्छन, “पार्टीको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्छु”

काठमाडौ – नेकपा एमालेको सचिवलायको ३४ औं बैठकले सम्पर्क समन्वय कमिटीका सचिव इन्द्र भण्डारीलाई केन्द्रिय सदस्यको रुपमा मनोनयन गरेको छ ।

सम्पर्क क्षेत्रमा लामो समयदेखि जिम्मेवारी सम्हालस् सकेका उनले २०४३ सालदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनले क्षेत्रीय सम्पर्क मञ्च, जिल्ला सम्पर्क मञ्च, अञ्चल सम्पर्क कमिटिको नेतृत्व सम्हाल्दै कोशी प्रदेश सम्पर्क कमिटिको अध्यक्ष समेत रहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो, दोस्रो र तेस्रो कार्यकालमा भण्डारीले प्रमुख स्वकिय सचिवको जिम्मेवारी कुशलता पुर्व सम्हालेका थिए । केन्द्रीय सदस्य मनोनय भए सँगै उनले पार्टीको सिद्धान्त, दर्शन सफल पार्न आफुले सधै झै इमादारीपुवर्क जिम्मेवारी बहन गर्ने बताएका छन । “पार्टीले ममाथि ठुलो विश्वास र भरोसा गरेर केन्द्रीय सदस्य मनोनय गरेको हो”, उनले भने,“यो विश्वास र भरोसाको सम्मान गर्दै पार्टीको जिम्मेवारी पुरा गर्नेमा प्रतिबद्ध छु ।”