चलचित्र ‘कल्ली’ बन्दै, शिर्ष भुमिकामा पल र बेनिशा

साउन १६, काठमाडौ – फिल्म ‘कल्ली’ को शीर्ष भुमिकामा पल शाह र बेनिशा हमाल शीर्ष भुमिकामा रहने भएका छन् । मंगलबार पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको हो।

रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्।

फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ। यसको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। निर्माण प्रमुखमा सुरज आचार्य छन्।

फिल्मलाई नयाँ वर्षको छेको पारेर चैत २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ।