माओवादी केन्द्र साढे ६ वर्षपछि प्रतिपक्षमा

साउन ८, कर्णाली – सङ्घीय सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यसँगै कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ।

सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश सरकार स्थापना भएको सढे ६ वर्षपछि पहिलोपटक प्रतिपक्षमा पुगेको माओवादी केन्द्रबाट पटक पटक गरी मुख्यमन्त्री २ र १८ जना मन्त्री बनेका थिए।

अब कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सत्ता सहकार्य हुनेछ। सरकारमा सहभागी हुने विषयमा आजै छलफल सुरु हुने भएपनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य वेदराज सिंहले बताए।