‘नालापानी’ को ट्रेलर सार्वजनिक


काठमाडौ – ईतिहासमा आधारित चलचित्र नालापानीको नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका लेखक तथा निर्देशक रिमेश अधिकारीका अनुसार यो फिल्म यही साउन २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।

निर्देशक अधिकारीका अनुसार यसअघि साउन १८ का लागि निर्धारण गरिएको यो फिल्म विद्यार्थीहरुलाई लक्षित गर्दै साउन २५ मा प्रदर्शन गर्न लागिएको हो ।सोमवार फिल्मको ट्रेलर सार्वजनिक गरिएसँगै यसको प्रचार प्रसार तिब्र पारिएको निर्देशक अधिकारीको भनाइ छ ।

फिल्ममा अर्जुन जंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अच्युत गजुरेल, लगायतकलाकारहरुको अभिनय रहेको छ ।