चलचित्र ‘घरज्वाइँ’ को उत्साहजनक प्रदर्शन


साउन ३, काठमाडौं – अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वइँ’ उत्साहजनक रूपमा प्रर्दशन भइरहेको छ । । देशभर उच्च शो र उच्च अकुपेन्सीसहित यो फिल्म प्रदर्शन भैरहेको वितरक रोहित कट्टेलले बताएका छन्
कट्टेलका अनुसार धेरै हल पाँचौँ दिन पनि हाउसफुल भएका छन् । समाजिक सञ्जाल फेसबुकमा उनले हाउफुल शोका तस्विरहरु सार्वजनिक गर्दै खुसी साझा गरेका छन् ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले दुई दिनमा १ करोड ५१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको थियो । बक्स अफिसमा उत्कृष्ट व्यापार व्यापार गरेको यो फिल्मले पाँचौँ दिनसम्म पनि यसलाई निरन्तरता दिएको हो ।

निर्माता जनक घर्ती मगरले पहिलो दिनदेखि मंगलवारसम्म दर्शकको उत्तिकै साथ मिलेको बताएका छन् । शुक्रवार तथा शनिवार इनिसियल व्यापार राम्रो गरेको फिल्मलाई दर्शकबाट वर्डअफ माउथ राम्रो पाएको जनकले बताएका छन् । वर्डअफ माउथकै कारण पाँचौँ दिन पनि हाउफुलका साथ सिनेमा चलेको उनले बताए ।

जीएम मुभिज र एबीएम फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।