मच्छिन्द्रसँग आर्मी पराजित


साउन २, काठमाडौं – मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१८ युथ लिगमा मछिच्न्द्र फुटबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न दिनको अन्तिम खेलमा मच्छिन्द्रले आर्मीलाई १–० गोलले पराजित गरेको हो।

योसँगै मच्छिन्द्रले पहिलो खेलमा जित हासिल गर्दै तीन अंक जोडेर सुखद सरुआत गरेको छ भने आर्मीले पराजयबाट लिगमा सुरुआत गरेको छ।