नाजिर हुसेनको ‘गुन्यो चोलो’ कार्तिक ९ मा

अभिनेता नाजिर हुसेन अभिनीत चलचित्र ‘गुन्यो चोलो’ कार्तिक ९ गते प्रदर्शन हुने भएको छ।

नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरिएको हो। नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ। सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मेहनत गरेका छन् भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले ‘गुन्यो चोलो- उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।

चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन। ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ।