चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक, रोमान्टिक भावमा वर्षा र अमर

काठमाडौ – चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । एसडी योगी र बिज्ञानी पराजुलीको आवाजमा रहेको गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन् । किरण थापाको कोरियोग्राफ रहेको गीतमा सङ्गीत निर्माण रिकेश गुरुङ ले गरेका हुन् ।

गीत उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीलेले सम्पादन गरेका हुन् । कार्यक्रममा बोल्दै नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने ‘यो मेरो पहिलो प्रयास हो । मलाई यहाँहरूको साथको जरुरत छ । कला सहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनी मार्फत डेब्यु गरेको छु,’ अमरले भने, ‘म आम दर्शकको चाहना अनुसारको प्याकेज अभिनेता बन्न चाहन्छु । ’ उनले को एक्टरको रुपमा बर्षा सिवाकोटी जस्तो अनुभवी नायिकासंग अभिनय गर्न पाउदा धेरै कुरा सिक्ने मौका पाएको बताए ।

अभिनेत्री वर्षा सिवाकोटीले चलचित्रबाट आफूले निकै आशा बोकेको बताइन्। चलचित्रको बारेमा बोल्दै उनले भनिन्, ‘यो चलचित्रको टिम नयाँ भए पनि सशक्त छ । म यसको हिस्सा बन्न पाउँदा खुसी छु । ’ वर्षाले चलचित्रमा आफ्नै कथा भन्छ र यसमा विश्वासै नलाग्ने सामाजिक घटना देख्न सकिने बताइन् ।

दिलिप केसी र हरि श्रेष्ठद्धारा निर्माण गरिएको चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गरेका छन् । चलचित्र श्रावण १८ गते रिलिज हुने बताइएको छ । चलचित्रमा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवनभट्टराई लगायतको अभिनय रहेको छ ।