रोमानियालाई पराजित गर्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा


असार १९, एजेन्सी डोनिएल मालेनको दुई गोलसँगै नेदरल्यान्ड्स युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा रोमानियालाई ३(० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो।

अबिकष्अ तभअ
नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। उनले जावी सिमोन्सको पासमा गोल गरे। जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो।

६३औं मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन। ८३औं मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तित दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए।

Leave a Reply

Your email address will not be published.