हिमालको ‘न मैले लेखें, न उनले लेखिन्’ नयाँ भर्सनमा 


असार १९, काठमाडौं – गायक हिमाल सागरको स्वर र सङ्गीतमा विसं २०६० सालमा तयार भएको रिलेसनु एल्बममा समावेश सुपर हिट गीत ‘न मैले लेखें, न उनले लेखिन्’ लाई नयाँ भर्सनमा तयार गरिएको छ ।

उक्त गीतमा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक नयाँ म्युजिकल फिल्ममा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । अभिनेत्री केकी अधिकारी यो गीत आफ्नो स्कुल र कलेज लाइफमा मन पर्ने लिस्टमा एक नम्बरमा रहेको बताइन् ।

गीतमा निकेश खड्काको निर्देशन, धीरजजङग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published.