रोटरी क्लब अफ डिल्लीबजारको हेरिटेज सरसफाई अभियान सम्पन्न

असार १७, काठमाडौं – रोटरी वर्ष २०२४–२५ आजदेखी शुभारम्भ भएको छ । नयाँ रोटरी वर्षको अवसरमा रोटरी क्लब अफ डिल्लीबजारले आज ज्ञानेश्वरमा रहेको पारस्नाथ महादेव र आनन्द भैरव मन्दिर क्षेत्र सरसफाई गरेको छ । सो क्रममा क्लबले मन्दिर क्षेत्रका लागि डस्बीन पनि हस्तान्तरण गरेको छ । रोटरी डिष्ट्रीक्ट ३२९२ का एसिष्टेन्ट गभर्नर भवानी देवकोटाको प्रमुख आतिथ्यमा सरसफाई अभियान सञ्चालन गरिएको हो ।

रोटरी क्लब अफ डिल्लीबजार, रोट्रयाक्ट क्लब अफ डिल्लीबजार, इन्ट्रयाक्ट क्लब अफ अलबर्ट र इन्ट्रयाक्ट क्लब अफ सुर्योदयका सदस्यहरुले सामुहिक रुपमा मन्दिर क्षेत्र सरसफाई गरेका हुन ।

रोटरीमा हरेक जुलाईदेखी जुनसम्मको समयलाई एक रोटरी वर्ष मानिन्छ । रोटरीमा जुलाई १ देखी नै नयाँ रोटरी वर्षका लागि नयाँ नेतृत्व पनि आउने गर्दछ । २०२३–२४ रोटरी क्लब अफ डिल्लीबजारमा इन्दिरा पराजुलीको कार्यकाल सकिएसंगै रोटरी वर्ष मा सागर निधी तिवारीको नेतृत्वमा रोटरी वर्ष २०२४–२५ कार्यकाल शुरु भएको छ ।

रोटरी क्लबले हरेक वर्ष डिल्लीबजार, ज्ञानेश्वर, मैतीदेवी लगायतका क्षेत्रहरुमा रहेका मठ, मन्दिर, धर्मशाला, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरुको सरसफाई तथा संरक्षणसँग सम्वन्धित सामाजिक काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.