अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा


असार १३, काठमाडौं – दक्षिण अफ्रिका पहिलोपटक आईसिसी टी(२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै दक्षिण अफ्रिका पहिलोपटक टी २० विश्वकपको फाइनलमा पुगेको हो ।

टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोड्न सक्यो। अफगानिस्तानलाई सस्तैमा समेत्ने क्रममा मार्को जान्सेन र तब्राइज साम्सीले ३र३ तथा कागिसो रबाडा र एनरिच नोर्त्याले २र२ विकेट लिए।

अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अज्मतुल्लाह अमरजाईले मात्रै सर्वाधिक १० रन बनाए।रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन्। दुवै टोली पहिलोपटक फाइनल पुग्ने प्रयाशमा रहेका छन्।

जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिकालगातार ७ खेल जित्ने एक्लो टोली हो । यसअघि सन् २००९ मा श्रीलंकाले तथा सन् २०१० र २०२१ मा अस्ट्रेलियाले समान ६ खेल जितेका थिए । तर, विश्वकपका नकआउट चरणको इतिहास र प्रदर्शन भने सम्झन लायक छैन । एकदमै अभागी टोलीका रुपमा चिनिन्छ ।

एकदिवसीय होस्, टेस्ट होस् वा टी–२० क्रिकेट, हरेक फर्म्याटमा आफ्नो छाप छोडेको यो टोलीले अहिलेसम्म विश्वकपको फाइनलको यात्रा तय गर्न सकेको छैन । १३ पटक सेमिफाइनल खेलेको यो टोली हरेक पटक पटक हारेको छ । कहिले वर्षाले धोकादियो त कहिले भाग्यले ९जित कहिल्यै आफ्नो पोल्टामा पार्न सकेन । हो, यो कालो छायाँले ३२ वर्षदेखि दक्षिण अफ्रिकालाई छाडेको थिएन ।

सन् २००७ मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि सन् २००९ र २०१४ मा दक्षिण अफ्रिकाले सेमिफाइनल खेलेको थियो ।

समूह चरणमा नेपालसँग मात्र एक रनको भाग्यशाली जित निकालेको दक्षिण अफ्रिकाले श्रीलंका, नेदरल्यान्ड्स र बंगलादेशलाई समूह चरणमै हराएर सुपर–८ मा पनि अफ्रिकी टोलीले अमेरिका, इङ्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध तीनवटै खेल जितेको थियो ।

एडेनमाक्रमको कप्तानी रहेको अफ्रिकी टोलीमा क्विन्टन डी कक, हेनरिक क्लासेन, डेभिड मिलर जस्ता विष्फोटक ब्याटर र कागिसो रबाडाजस्ता आइपिएलमा धमाका मच्चाउने तीव्र गतिका बलर पनि छन् । तर, अफ्रिकाले जारी विश्वकपमा खुलेर प्रदर्शन गरेको देख्न पाइएको छैन ।