स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

असार ९, भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उहाँले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताए ।

सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए। सचिव मैनालीले भने , “देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग चुनौती बनेका छन् । जथाभावी खानपानले रोग बढेको छ ।”

सातदिने शिविरमा सहभागी दुई सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनेछ ।