राष्ट्रपति पौडेलको भ्रमण उपलब्धिमूलक, आज स्वदेश फिर्ता

 

असार ५, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किदैछन्। मंगलबार वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए।

राष्ट्रपति पौडेल कतारबाट पनि नेपालकालागि उडिसकेका छन्। पौडेल अहिले बिहान १०स्४५ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।

राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा सुरेशराज चालिसेले राष्ट्रपतिको यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ गर्न महत्वपूणर् सन्देश प्रवाह गरेको बताए। लामो समयपछि यूरोपका प्रभावशाली मुलुकका राष्ट्र प्रमुखस्तरमा भएको यो भेट ऐतिहासिक भएको बताउँदै डा चालिसेले आइएलओमा राष्ट्रपति पौडेलको सहभागिताले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा नेपालको ऐक्यवद्धता प्रदर्शित भएको बताए।