मन्त्रिपरिषद्बाट बजेट पारित

जेठ १५, काठमाडौ –  मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ ।

सिंहदरबार भएको मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । उनले बजेटसँग सम्बन्धित कानुनहरु पनि संसद्मा पेस गर्ने निर्णय भएको बताए । संयुक्त बैठक ३ बजेका लागि तय भएको छ ।