फागुन ८, काठमाडौ – नेकपा एमाले सम्पर्क समन्वय कमिटीको १२ औं पुर्ण बैठक श्याम कुमार बस्नेतको अध्यक्षतामा सोमवार सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रदेश सम्पर्क कमिटीका अध्यक्षहरुले आफनो प्रदेशमा भएका कामबारे जानकारी गराउका थिए । सम्पर्कमा लामो समय काम गरेर हाल जिम्मेवारी बिहिन कार्यकर्ताहरुलाई उपयुक्त जिम्मेवारी दिन बैठकमा नाम सिफारिस गरिएको थियोे । सिफारिस गरिएका नेता कमरेडहरुलाई पार्टीका विभिन्न तहमा व्यवस्थापन गरिदिन सम्पर्क समन्वयको पदाधिकारीलाई म्यान्डेट दिने निर्णय गरिएको थियो । गण्डकी प्रदेश सम्पर्क कमिटीले प्रतिनीधि विवाद सुल्झाएर सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको जानकारी गराइएको छ ।
त्यस्तै बैठकले समन्वय कमिटीका सदस्य नन्दकुमार राईलाई सचिवालय सदस्यमा मनोनयन गरेको छ । सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतले समिक्षात्मक प्रतिवेदन पेश गर्दै भुकम्पमा जाजरकोटमा सहयोग गरेको, प्रशिक्षण सञ्चालन गरेको, अन्तरत्रिया कार्यक्रम गरेको लगायतका विषय वारे चर्चा गरेका थिए । उनले हालसम्म १९ जिल्ला सम्पर्क मञ्चहरुको सम्मेलन सम्पन्न भएकोमा धन्यवाद दिएका थिए । सहसंयोजक थानेश्वर बस्यालले कमिटीको आर्थिक स्वास्थ्य वलियो वनाउन सवै कमरेड जिम्मेवार हुनुपर्ने धारण राखेका थिए ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी पण्डितले पार्टी बिधि र बिधानमा रहेर कमिटी अगाडि बढ्न निर्देशन दिएका थिए । सम्पर्कको क्षेत्र बलियो र फराकिलो बनाउन आफुले पहल कदमी लिने बताए । आफु वलियो हुन कस्लाई मन हुदैन ? आफु फैलिन कस्लाई मन हुदैन ? भन्दै उपयुक्त समयमा सम्पर्क क्षेत्र वलियो वनाउन लागि पर्ने विश्वास दिलाए । केन्द्रिय कमिटी वैठकको लागि आएका सुझाव एजेण्डा अनुसार राखिदेने प्रतिवद्दता जनाए । वैठकमा केन्द्रिय सदस्य नरेन्द्र श्रेष्ठ, कल्पना थापा लागायको उपस्थिती थियो ।बैठकमा बैठक सम्पर्क समन्वय कमिटिका सचिव इन्द्र भण्डारीले सञ्चालन गरेका थिए ।