पुस १३, एजेन्सी -पाकिस्तान सरकारले नयाँ वर्ष २०२४ नमाउने घोषणा गरेको छ। कार्यवाहक प्रधानमन्त्री अनावरुल हक काकरले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्यालेस्टिनीहरुप्रति ऐक्यबद्धता देखाउन र नयाँ वर्षमा संयम र नम्रता देखाउन देशवासीलाई आग्रह गरेका छन्।
पाकिस्तानमा नयाँ वर्षको उत्सव यसअघि पनि ठूलो मात्रामा मनाइँदैन, इस्लामिक समूहहरूले सुरुदेखि नै यसको विरोध गर्दै आएका छन्। प्यालेस्टाइनको गम्भीर अवस्थालाई ध्यानमा राखेर र प्यालेस्टाइनीप्रति ऐक्यबद्धता जनाउन सरकारले नयाँ वर्षमा कुनै पनि प्रकारका कार्यक्रममा कडा प्रतिबन्ध लगाउने काकरले बताए।
उनले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि इजरायली सेनाको आक्रमण र बम विष्फोटमा ९ हजार बालबालिकासहित २१ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताए। कक्कडले इजरायली सेनाले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध हिंसा र अत्याचारको सबै सीमा पार गरेको पनि बताए।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्रीले गाजा र वेस्ट बैंकमा निर्दोष बालबालिका र निहत्था प्यालेस्टाइनीको नरसंहारबाट पाकिस्तानसहित विश्वभरका मुस्लिमहरूले अपार पीडा महसुस गरिरहेको बताएका छन्।
प्यालेस्टिनी नागरिकका लागि पाकिस्तानले दुईवटा सहायता प्याकेज पठाएको र तेस्रो प्याकेज पठाउने तयारी भइरहेको काकरको भनाई छ। उनले प्यालेस्टाइनलाई समयमै सहायता उपलब्ध गराउन र गाजामा रहेका घाइतेहरूलाई बाहिर निकाल्न पाकिस्तानले जोर्डन र इजिप्टसँग वार्ता गरिरहेको बताए।