सक्रिय भए संसदीय समिति, आज पाँचवटा समितिको बैठक बस्दै

भदौं १९, काठमाडौं -संघीय संसदीय समितिमा नयाँ नेतृत्व चयन भएपछि काम कारवाही तिव्रताका साथ बढन सुरू गरेको छ।

गत हप्ता नयाँ नेतृत्व चयन भएपछि समितिका बैठकहरू धमाधम बस्न सुरू गरेका छन्। संघीय संसद सचिवालयका अनुसार मंगलबार मात्रै पाँचवटा समितिको बैठक बस्दैछ।

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिसहित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ।

साथै, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि सोमबार बस्दै छन्। बैठक सिंहदरबारस्थित संसद सचिवालय भवन सिंहदरबारमा बस्नेछ।