साउन १८, काठमाडौं – संवैधानिक परिषदको बैठक आज अपराह्न ५ बजे बस्दैछ ।
आजको बैठक सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि बस्न लागेको हो ।
गत मंगलबार बसेको पहिलो बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बोलाइएको हो ।
आगामी शनिवारदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।