साउन १५, काठमाडौ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौ सुदूर पश्चिम प्रदेश सम्पर्क विभाग गठनको लागि बृहत् भेला कार्यक्रममा सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिन गन्ती पनि सुरु भएको बताए ।
उनले भने ‘ हामी पनि दिन गनेर बसेका छौं । रास्वपा सरकारमा आउने छ । रास्वपाले आफ्नो नीति लागु गर्ने छ । र हामी परदेश छोडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन विताउने छन् ।हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं । सभापति लामिछानेले आफुहरुले जनताको लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको लागि आजैबाट दिनको गन्ती सुरु भएको बताएका छन् ।
उनले भने ‘ काम गरिरहेका छौं कदमकदाचित छल गरेर बल गरेर मताधिकार कसैले खोसि दियो भने पनि आफ्नो काम गर्ने ठाउँमा भन्न ुहोला यसपटकको चुनावमा त म आफ्नै देश जान्छु । भनेर छुट्टी माग्नुहोला ।’ रास्वपाले अब जिल्ला दौडाहा पनि बढाउने भन्दै सबैसँग सम्बन्धित जिल्लाहरुमा भेट्ने बाचा पनि लामिछानेले व्यक्त गरे ।