‘डिस्का ओपन च्याम्पियनसिप’ अमेरिकामा हुँदै

साउन १२, काठमाडौं  – ह्यारिसवर्ग, पेन्सिलभेनिया÷डिस्का ओपन च्याम्पियनसिप अगस्त १९ र २० मा अमेरिकाको पेन्सिलभेनिया राज्यमा हुने भएको छ । ड्रक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का)मा आयोजना हुन लागेको हो ।

डिस्काका अध्यक्ष हेमन्त घिसिङका अनुसार ह्यारिसबर्ग नजिकै रहेको हलिफ्याक्सको क्याप हेब्रोनमामा प्रतियोगिता हुनेछ । अध्यक्ष घिसिङका अनुसार डिस्का नेपालमा सन् १९९२ मा स्थापना भएको हो । नेपालको भुटानी शरणार्थी शिविरमा डिस्काको स्थापना गरेका थिए । उनीहरूलाई तेस्रो मुलुक पुर्नवासपछि अमेरिकामा रहेका रहेका उनीहरूले सन् २०१६ देखि डिस्कालाई फेरि निरन्तरता दिएका हुन् ।

अमेरिकामा स्थापनापछि डिस्काले पहिलो पटक बृहत् र खुल्ला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । अध्यक्ष घिसिङले भने, ‘हामीले अनलाइन र आन्तरिक रूपमा प्रतियोगिता आयोजना गर्दै आएका थियौ, अब खुल्ला रूपमा आयौ ।’

उनले अमेरिकामा डिस्काका नौ वटा डोजो सञ्चालनमा रहनुको साथै क्यानडा र अष्ट्रेलियामा पनि एक एक वटा डोजो रहेका पनि जानकारी दिएका छन् । घिसिङले तीन सय भन्दा बढी खेलाडीले एउटै छाना मुनी प्रतिस्पर्धा गर्ने अपेक्षा राखेको बताए ।