साउन ११, लुम्बिनी – लुम्बिनीप्रदेश सरकारले कर्निया (आँखाको नानी) प्रत्यारोपण निशुल्क गर्ने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले पहिलो पटक प्रदेशभर कर्नियाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०८०÷८१ को बजेटमा स्रोत व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । नेपालमाआँखाको उपचार निशुल्क रुपमा गर्न कार्यक्रम लागू गर्नेमा लुम्बिनी प्रदेश पहिलो हो ।
विभिन्न कारण आँखाको ज्योतिगुमाएकानागरिकको अन्धोपनको उपचारतथाशल्यक्रियागरिन्छ । प्रदेशभरका कर्निया बिरामीको लागि मन्त्रालयले व्यक्तिगत उपचार खर्च उपलब्ध गराउने नभईअस्तपालबाटै निःशुल्क अप्रेसन सहितको सेवा दिने व्यवस्था मिलाउने गरि कार्यविधि निर्माण गर्न लागेको छ ।
प्रदेश स्वास्थ्यमन्त्रालयले चालु आर्थिक वर्षदेखि सिकलसेल एनिमियाभएका बिरामीहरूको निःशुल्कवीमा गर्न पनि सुरु गरिसकेको छ ।