जेठ २५, काठमाडौं – ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ ।
रेडचेरी मिडिया प्राली र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना गरिन लागिएको महोत्सवबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । महोत्सव असोज ४,५ र छ गते हुने छ ।
महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्दै साथै प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने उदेश्य राखेको आयोजकहरुको भनाइ छ ।