जेठ ८, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
नेपाल ब्रिटेन डटकमको १६ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले भने,ुहरेक विधामा निष्पक्ष रुपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने विश्वास लिएको छु।’
शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘बेलायतबाट प्रकाशन भइरहेको नेपालब्रिटेन डट कमले १६ औँ वसन्त पार गरेको खबर सुन्दा खुशी लागेको छ। सूचना तथा प्रविधिको विकासले गर्दा सारा संसार विश्व ग्राम ९ग्लोबल भिलेज० मा परिवर्तन भइरहेका बेला मानव जातिका सामु उपस्थित प्रमुख चुनौतीहरुबारे जनचेतना जगाउन र ति सँग जुध्न सामूहिक प्रयत्नलाई बढावा दिन पनि संचारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ । विदेशमा रहेका संचारमाध्यमहरुले त नेपाल र बाह्य विश्वलाई आपसमा जोड्ने सेतुको काम गरिरहेका छन्।’
विकसित देशहरुमा अनलाइन मिडिया तथा सामाजिक संजाल मानव समुदायका लागि आधारभूत आवश्यकताको वस्तु नै भइसकेको उल्लेख गर्दै नेपालजस्ता विकासोन्मुख देशहरुमा पनि यसको लोकप्रियतामा बढ्दै जानुका साथै जनतामा यसको पहुँचमा पनि वृद्धि हुँदै गएको प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।