चिन्ह र नाममा एकरुपता नल्याउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

बैशाख १७, काठमाडौं- काठमाडौँ महानगरपालिकाले चिन्ह र नाममा एकरुपता नल्याउने विद्यालयलाई कारबाही गर्ने भएको छ । मातहतका सबै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याउन यस्तो गर्न लागिएको हो ।

महानगरपालिकाका अनुसार मातहतका विद्यालयले काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावली ७० को उपनियम १ र २ अनुसार विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याउनु पर्नेछ ।

महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत स्टाटस् सार्वजनिक गर्दै नियम पालना नगर्ने विद्यालयलाई कारबाही गरिने बताएका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन् ,‘ काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको छ । नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्दछौं । नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने व्यहोरा जानकारी गराउँदछौँ ।’