बार्सिलोना रायो भालेकानोसँग ४ -१ को अन्तरले पराजित

बैशाख १४,काठमाडौं – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ। म्याड्रिडमा बुधबार राती भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो ।

भालेकानो २(१ ले बिजयी हुदाँ शिर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ । बुधबार राति भएको खेलको १९औँ मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १० ले अघि बढेको थियो ।

भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १(० ले पछि पर्न पुग्यो। दोस्रो हाफको सुरुवाती अर्थात ५३औँ मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २(० को अन्तरले अग्रता दोब्बर बनाए।

तर, ८३औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २(१ को स्थितिमा ल्याएपनि थप गोल हान्न नसक्दा बार्सिलोनाले पराजय भोग्नु प(यो। यस सिजन ला लिगामा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जुटाएको छ भने भालेकानो ४३ अंकसहित नवौँ स्थानमा उक्लिएको छ।