बैशाख १३, एजेन्सी – मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो स्थानमा पुगेको छ ।
अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले हराएको हो। गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो । मुम्बईका लागि निहाल वाधिराले सर्वाधिक ४० र क्यामरुन ग्रीनले ३३ रन बनाए । गुजरातका लागि नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २र२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो । गुजरातका लागि ओपनर शुभमन गिलले ५६ र डेबिड मिलरले ४६ रन बनाए ।
बलिङतर्फ मुम्बईका लागि पियुष चावलाले २ तथा राईली मेरिडेथ,अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १र१ विकेट लिए । साबिक विजेता गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा उक्लिएको छ । गुजरात ७ खेलमा १० अंकसहित दोस्रो र समान खेलमा मुम्बइ ६ अंकका साथ सातौं स्थानमा छ ।