‘हल्कारा’को गीतमा प्रकाश सपुत र देवी घर्तीको स्वर (भिडियो)

काठमाडौं– यही वैशाख २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हल्कारा’ को नयाँ गीत ‘जीवन कठै बरी’ सार्वजनिक भएको छ । यो गीतमा गायक प्रकाश सपुत तथा गायिका देवी घर्तीको स्वर सुन्न सकिन्छ ।

फिल्ममा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो फिल्मलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो फिल्मले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट बनिसकेको छ ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यो फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् ।

महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।