बैशाख ७, काठमाडौं – काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको नगर कार्यपालिकाको बैठकले मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै आज चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन् ।
मातातीर्थ औँसी आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।
मातातीर्थ औँसीको अवसरमा उक्त क्षेत्रमा हिजो साँझदेखि बत्ती बाल्ने तथा आज कुण्डमा स्नान गर्ने परम्परा रहेको छ ।