बैशाख ४, एजेन्सी -भारतमा जारी १६ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर खेल्दै छन् ।
यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ ।
जारी संस्करणमा चेन्नई र बैंग्लोरले समान ४ म्याच खेल्दा २र२ मा जित र २र२ खेलमा हारको सामना गरेका छन् ।
दुवै टोली तेस्रो जितको खोजीमा छन् ।