चैत २७, एजेन्सी – इण्डियन प्रिमियर लिग आइपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपर जायन्ट भिड्दै छन्।
बेङ्ग्लोर फाफ डु प्लेसिस र लखनउ केएल राहुलको कप्तानीमा मङ्गलम चिन्नस्वामी स्टेडियममा साँझ ७.४५ बजे खेल हुने छ ।
तीन खेल खेलेको लखनउ दुईमा जित र एकमा हारसहित चार अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ।
यता, दुई खेल खेलेको बेङ्ग्लोरले एकमा जित र अर्कोमा हार व्यहोरेको छ। हाल तालिकाको सातौँ स्थानमा रहेको बेङ्ग्लोरले पहिलो खेलमा मुम्बइलाई हराएको थियो भने दोस्रो खेलमा कोलकातासँग पराजित भएको थियो।