चैत १०, काठमाडौं – नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ ।
शुक्रवार काठमाडौंमा १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।
नेपालमा पुरष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ । यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
त्यस्तै, भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।