चैत २, काठमाडौं -सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डिडिसि० ले आजदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ ।
संस्थानले विहीबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखि १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी सङ्गठनले यसअघि नै दूधको मूल्य बढाई सकेका छन् । मन्त्रिपरिषद् निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ । आजबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दूध पाउने डिडिसिले जनाएको छ ।
डिडिसिका अनुसार अब स्टान्डर्ड दूध ९निलो प्याकेटको० मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।
त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा पुगेको छ ।
क्रिमयुक्त दूध ९हरियो प्याकेट० को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।