माघ २९, काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएकी छन् ।
नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिने चाहेको छ भनिन् । उनले भनीन् “वर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने । बहुमतीय पक्षबाट अगाडि बढ्नका लागि पनि छलफलको सुरुआत भएको छ ।”
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहनुभएकी राज्यममन्त्री श्रीपालीले जिल्लाको सन्धिखर्क नगगरपालिका–१० अर्घामा निर्माणाधीन अर्घा भगवती विमानस्थल सञ्चालन उच्च प्राथमिकता दिने जानकारी दिइन् ।
मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरको पर्यटकीय क्षेत्रलाई सूचीकृत गरी पर्यटक भित्र्याउनका लागि पहल गर्ने उहाँले बताउनुभयो । उहाँले त्यस्तै सन्धिखर्क–७ खाँचीलगायतका क्षेत्रमा चुनढुङ्गा उत्खननले पारेको असरबारेमा सबै राजनीतिक दल र विज्ञसँग छलफल गर्ने बताइन् ।