राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्दै

 

माघ २३, काठमाडौं – सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तीन मन्त्रीले आइतबार पत्रकार सम्मेलन गर्दैछन्।

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका हुन्।

सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरूले पत्रकार सम्मेलन गर्ने भएका हुन्।

राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको पार्टीका एक नेताले जानकारी दिए।

रास्वपाले आइतबार पत्रकार सम्मेलनमार्फत् सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ।

सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएको फैसला गरेपछि रास्वपालाई सकस भएको हो। माघ १३ गतेको उक्त फैसलापश्चात् तत्कालीन उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेको सांसद् पद नै खारेज भयो।