पुष ८, काठमाडौं – पहिलो संस्करणको नेपाल टी- ट्वान्टी क्रिकेट लिग प्रतियोगिता एक दिन पछि सरेको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता एक दिन पछि सरेको जनाएको छ ।
क्यानले प्राविधिक कारणले प्रतियोगिता एक दिन ढिला सुरु हुने जनाएको छ । अब प्रतियोगिता पुस ९ गते शनिबारबाट सुरु हुने भएको छ ।
यस अघि क्यानले प्रतियोगिता पुस ८ बाट २६ गतेसम्म हुने जनाएको थियो।
क्यानले नेपाल टी(ट्वान्टी लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको छ ।
टियु क्रिकेट मैदानमा पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्।