काठमाडौ– जोरपाटी चोक वाट १६ किलोमिटर दुरिमा रहेको अति रमणिय ठाँउ जहरसिंहपौवा पर्यटनको साथै अति व्यवस्थित आवासिय क्षेत्रको रुपमा पनि विकसित भैरहेको छ ।
जोरपाटी देखि साँखु सम्म फराकिलो ४ लेनको वाटो तयार भैसकेको छ । साँखु देखि मात्र ६ कि.मि दुरिमा रहेको जहरसिंहपौवा अति रमणिय वन भित्र को नगवेली वाटो हुदै पुग्न सकिन्छ ।
पानी, विजुली र यातायातको सहज पहुँच भएकोले मानिसका लागि घुमफिर मात्र नभइ शान्त, शितल र असल सामजिक क्रियाकलापका कारण जहरसिंहपौवा घरवासको रोजाइ वनेको छ ।
काठमाडौ शहर भन्दा ५५० मिटर वढी उचाइमा रहेको यो ठाँउ हावापानी र दृश्यवलोकनको लागि अद्धितिय छ । हिमालय पर्वत र काठमाडौ शहरलाई एकैचोटी आँखामा लुकाउन सकिने यो ठाउलाई स्वार्गको एक टुक्रा भन्दा पनि बढि नहोला ।